आगामी असोज दोस्रो सातादेखि हुने पहिलो संस्करणको नेपाल टी-२० लिगका लागि खेलाडी दर्ताका लागि आवेदन खुलेको छ।
आगामी असोज ८ गतेदेखि कात्तिक ५ सम्म काठमाडौंमा हुने लिगका लागि क्यानले अनलाइन दर्ता खुलाएको हो।
दर्ताका लागि चार वटा मापदन्ड तय गरिएको छ।
लिगमा ६ टिमले प्रतिस्पर्धा गर्नेछन्। ६ मध्ये चार टिम मात्र घोषणा भएका छन्।
घोषणा गरेका चार टिममा कान्तिपुर क्यापिटल्स, लुम्बिनी अल स्टार्स, विराटनगर सुपरकिंग्स र जनकपुर रोयल्स छन्। पोखरा र फार वेस्टर्नको टिम तथा स्वामित्व क्यानले अहिलेसम्म घोषणा गरेको छैन।
मापदण्ड
१. दर्ताको लागि योग्य हुन राष्ट्रिय खेलकुद, पीएम कप, मेयर कपमा नियमित रूपमा भाग लिएको र २०१८ देखि औसतभन्दा माथिको प्रदर्शन गरेको हुनुपर्छ।
२. २०१८ देखि यू१९ उमेर स्तरीय अन्तर्राष्ट्रिय प्रतियोगिता र शृङ्खलाहरूमा नेपालको प्रतिनिधित्व गरेको हुनुपर्ने।
३. २०१८ देखि सिनियर स्तरका अन्तर्राष्ट्रिय प्रतियोगिता र शृङ्खलाहरूमा भाग लिएका खेलाडीहरूलाई प्राथमिकता दिइनेछ।
४. २०१८ देखि नियमित रूपमा विभिन्न फ्रेन्चाइज लिगमा सहभागी भएका खेलाडीहरूलाई प्राथमिकता दिइनेछ।
दर्ताको अन्तिम मिति: अगस्ट ३१, २०२२