आजदेखि युएईमा सुरू भएको एसिया कप टी-२० प्रतियोगितामा अफगानिस्तानले सानदार जित हात पारेको छ।
दुबईमा भएको खेलमा अफगानिस्तानले श्रीलंकालाई ८ विकेटले पराजित गर्यो।
श्रीलंकाले दिएको १०६ रनको सामान्य लक्ष्य अफगानिस्तानले २ विकेटको क्षतिमा १०.१ ओभरमा पूरा गर्यो।
अफगानिस्तानका लागि ओपनर हर्जातुल्लाह जजाईले नटआउट ३७ रन जोडे। उनले २८ बलमा ५ चौका र १ छक्का हिर्काए।
यस्तै रहमुल्लाह गुर्बाजले १८ बलमा ४० रन जोडे। उनले ३ चौका र ४ छक्का हिर्काए। इब्राहिम जाड्रानले १५ रन जोडे भने नाजिबुल्लाहले जाड्रानले नटआउट २ रन जोडे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंका २ बल खेल्न बाँकी छदा १०५ रनमा अलआउट भयो।
उसका लागि भनुस्का राजापाक्षाले ३८ रन जोडे भने दनुस्का गुणतिलाकाले १७ रन बटुले। यस्तै चामिका कुरूणारत्नले ३१ रन जोड्दा बाँकी आठ ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।
बलिङमा अफगानिस्तानका फजाल्हक फारुकीले ३ विकेट लिए। यस्तै मुजिब उर रहमान र ओमारजाइले २-२ विकेट हात पारे।
प्रतियोगितामा भोलि समूह ‘ए’ को बहुप्रतिक्षित खेलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ। खेल राति पौने आठ बजे सुरु हुनेछ।