नेपाल र केन्याबीचको पाँच खेलको टी-२० सिरिजमा आज तेस्रो खेल हुँदैछ। केन्याको नैरोबीस्थित जिमखाना मैदानमा हुने खेल दिउँस ३:४५ बजे सुरू हुनेछ।
यसअघि भएको पहिलो खेलमा नेपालले ५ विकेटको जित निकालेको थियो। दोस्रो खेलमा भने केन्या विजयी भएको थियो।
दोस्रो खेलमा नेपालले खराब ब्याटिङ गर्दा हार बेहोर्नु परेको थियो। १३३ रनको लक्ष्य पछ्याएको नेपाल ११४ रनमै अलआउट भएको थियो।
टी-२० वरीयताका लागि महत्वपूर्ण मानिएको सिरिजमा हार बेहोरेसँगै नेपाललाई घाटा पर्ने देखिएको छ।
६ दिनको अन्तरमा पाँच टी-२० खेल्न लागेको नेपालले चौथो खेल भोलि र पाँचौ खेल पर्सी खेल्नेछ।
यस्तै तीन एकदिवसीय खेलमा नेपालले पहिलो खेल भदौ १७ गते खेल्नेछ भने दोस्रो खेल भदौ १८ गते तथा तेस्रो तथा सिरिजको अन्तिम खेल भदौ २० गते खेल्नेछ।