केन्याविरूद्धको चौथो टी-२० मा पनि नेपालले पहिले बलिङ गर्ने भएको छ। नैरोबीस्थित जिमखाना मैदानमा टस जितेको केन्याले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको हो।
खेलमा नेपालले तेस्रो टी-२० खेलेको टिम नै मैदान उतारेको छ।
नेपाली टिम : सन्दीप लामिछाने (कप्तान), अर्जुन साउद (विकेटकिपर), दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, आरिफ शेख, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, करण केसी, साहब अलाम, पवन सर्राफ, आदिल अन्सारी
सिरिजमा नेपालले २-१ को अग्रता लिएको अवस्था छ। आइतबार भएको तेस्रो टी-२० मा नेपाल ४ विकेटले विजयी भएको थियो।
यसअघि भएको पहिलो खेलमा नेपालले ५ विकेटको जित निकालेको थियो। दोस्रो खेलमा भने केन्या विजयी भएको थियो।
६ दिनको अन्तरमा पाँच टी-२० खेल्न लागेको नेपालले पाँचौ खेल भोलि खेल्नेछ।
यस्तै तीन एकदिवसीय खेलमा नेपालले पहिलो खेल भदौ १७ गते खेल्नेछ भने दोस्रो खेल भदौ १८ गते तथा तेस्रो तथा सिरिजको अन्तिम खेल भदौ २० गते खेल्नेछ।