आम सर्वसाधारणको अवलोकनका लागि बुधबार यसै वर्ष अष्ट्रेलियामा आयोजना हुने टी-२० विश्वकप ट्रफी भक्तपुर दरबार स्क्वायरमा राखिएको छ।
बिहान ११ बजेदेखि १ बजेसम्म ट्रफी अवलोकनका लागि राखिने नेपाल क्रिकेट संघले जनाएको छ।
ट्रफी यसअघि मंगलवार चन्द्रागिरीमा पुर्याइएको थियो।
विश्वकपको ट्रफी १३ देशका ३५ स्थानमा पुर्याइनेछ। टी– २० विश्वकपको ट्रफी नेपालमा पहिलोपटक आएको हो।
यसअघि २०१९ मा इंग्ल्याण्डमा भएको एकदिवसीय विश्वकपको ट्रफी नेपालको काठमाडौं र पोखरा पुर्याइएको थियो। टी–२०
विश्वकपको ट्रफीको भ्रमण जुलाई ८ देखि अष्ट्रेलियाको मेलबर्नबाट शुरू भएको थियो।
हेर्नुहोस् भक्तपुरमा राखिएको ट्रफी