सन् २०२१ को १५ अगस्टको दिन अफगानिस्तानको शासन सत्ता तालिबानले कब्जा गरेको खबर विश्वले चासोका साथ हेरेको थियो। जताततै भयको वातावरण थियो। धेरै मानिसहरू देश छोडेर भागेका थिए।
अहिले एक वर्षभन्दा बढी समय बितिसकेको छ। त्यहाँको अर्थतन्त्र पूरै तहसनहस भएको छ।
तर यी सबैको बीचमा सन् २०२२ को अगस्ट ३० मा अफगानिस्तानका लागि एउटा राम्रो खबर चर्चामा छ। क्रिकेट टिमका कारण अफगानिस्तानका जनता खुसीमा छन्।
दक्षिण अफ्रिकामा जन्मेका इंग्ल्यान्डका पूर्व क्रिकेटर जोनाथन ट्रोट अफगानिस्तानका प्रशिक्षक छन्। प्रशिक्षक ट्रोटल एसिया कप टी-२० अघि नै अफगानिस्तानले राम्रो प्रदर्शन गर्नेमा ढुक्क थिए।
गत जुनमा अफगानिस्तानले जिम्बाब्वेविरुद्धको टी–२० र एकदिवसीय दुवै सिरिज क्लिन स्विप गरेको थियो।
एसिया कपमा अफगानिस्तानले पहिलो दुई खेलमा आफ्नो प्रशिक्षकको अपेक्षा पूरा गरेको छ। पहिले श्रीलंकालाई हराएपछि दोस्रो खेलमा बंगलादेशलाई पनि हराएको छ। सुपर फोरमा पुग्ने अफगानिस्तान पहिलो टिम बनेको छ।
अर्को समूहबाट भारत पनि सुपर फोरमा पुगिसकेको छ भने पाकिस्तान पनि सुपर फोरमा पुग्ने आँकलन गरिएको छ।
अफगानिस्तानले भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने तयारी गरेको छ। अफगानिस्तानविरुद्धको खेलबारे विश्लेषकहरूले भारत र पाकिस्तान दुवै टोलीलाई चेतावनी दिएका छन्।
पहिलो दुई खेलमा अफगानिस्तानले आफ्नो उत्कृष्ट प्रदर्शनले क्रिकेटका सबै समिक्षकलाई प्रभावित बनाएको छ। भारतीय टोलीको कप्तानी गरेका पूर्वक्रिकेटर अजय जडेजाले सुपर फोरको खेलमा भारत र पाकिस्तानले अफगानिस्तानसँग सावधानी अपनाउनुपर्ने बताएका छन्।
‘एशिया कपबाट अफगानिस्तानले भारत वा पाकिस्तानलाई नकआउट गर्यो भने मलाई अचम्म लाग्दैन। उनीहरूसँग त्यो क्षमता छ,’ उनले भने। इरफान पठानले ट्वीट गर्दै अफगानिस्तानले उत्कृष्ट क्रिकेट खेलिरहेको बताएका छन् ।
एसिया कप २०२२ को आफ्नो पहिलो खेलमा अफगानिस्तानले ठूलो नतिजा निकाल्यो। खेलमा श्रीलंकाले पहिले ब्याटिङ गरेको थियो। अफगानिस्तानले श्रीलंकालाई १०५ रनमा मात्रै सीमित गरेको थियो। त्यसपछि ११ औं ओभरमा मात्र दुई विकेट गुमाएर सहजै जित हात पारेको थियो।
रहमानउल्लाह गुरबाजले यो खेलमा १८ बलमा ४० रन बनाएका थिए। बलिङमा फजल हक फारुकीले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए। उत्कृष्ट बलिङका लागि फजल हक फारुकी म्यान अफ द म्याच घोषित भए।
खेलपछि कप्तान मोहम्मद नाबीले यो जितले टोलीको आत्मविश्वास बढेको बताउँदै आगामी खेलहरूमा पनि टोलीले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिने विश्वास व्यक्त गरेका थिए।
पछिल्लो एक वर्ष अफगानिस्तान क्रिकेटका लागि निकै कठिन रह्यो, तर पनि उसले जति सफलता हासिल गरेको छ, त्यसको जति प्रशंसा गरे पनि कमै हुन्छ।
अफगानिस्तानमा तालिवान शासन फिर्ता भएको एक वर्ष भइसकेको छ। पछिल्लो एक वर्षमा धेरै क्रिकेटर देशबाहिर प्रशिक्षण लिइरहेका छन् ।
अफगानिस्तानका पूर्व चयनकर्ता असदुल्लाह खानले धेरै जानकारी क्रिकइन्फोसँग सेयर गरेका छन्।
उनका अनुसार देशमा तालिबान सत्तामा आएपछि धेरै प्रायोजक टोलीबाट बाहिरिए। यस्तो अवस्थामा युएई उनको नयाँ होम ग्राउण्ड बनेको छ।
टोलीलाई क्रिकेट खेलिरहन पैसा चाहिन्छ र आईसीसीबाट पनि सिधैं रकम आउँदैन।
तर, तालिबान सरकारले पुरुष क्रिकेटलाई निरन्तरता दिन स्वीकृति दिएको छ। तर प्रायोजक आएका छैनन्।
अफगानिस्तान टोलीमा धेरै ठूला स्टार खेलाडी छन्। राशिद खान, मोहम्मद नाबी र मुजिब उर रहमान जस्ता खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रदर्शनको आधारमा छाँप छोडेका छन्।
राशिद खानले यो वर्ष भारतमा खेलिएको आइपिएल खेलमा विशेष प्रदर्शन गरेका थिए।
खेलाडीहरूले विश्वभरका विभिन्न लिग खेलहरूमा धेरै अनुभव सँगालेका छन् र उनीहरूले नयाँ क्रिकेटरहरूलाई धेरै कुरा सिकाउँदैछन्।
यस वर्षको जुनमा अफगानिस्तानले जिम्बावेलाई उसैको घरमा टी–२० मा मात्र नभई एकदिवसीयमा पनि पराजित गरेको थियो। अफगानिस्तानले दुवै सिरिज ३–० ले जितेको छ ।
फेब्रुअरीमा अफगानिस्तानको टोली बंगलादेश गएको थियो, जहाँ तीन खेलको एकदिवसीय शृंखलाको पहिलो दुई खेल हारेर अन्तिम खेल सात विकेटले जितेको थियो। यससँगै टी–२० को खेल १–१ गोलको बराबरीमा सकिएको थियो।
सन् २०१० देखि अन्तर्राष्ट्रिय टी–२० खेल खेल्दै आएको अफगानिस्तानको यो फर्म्याटमा पनि राम्रो कीर्तिमान छ। उनले हालसम्म १०१ टी–२० खेल खेलेका छन् भने ६८ खेल जितेका छन् ।
सन् २०१० देखि अन्तर्राष्ट्रिय टी–२० खेल खेल्दै आएको अफगानिस्तानको यो फर्म्याटमा पनि राम्रो कीर्तिमान छ। उनले हालसम्म १०१ टी–२० खेल खेलेको छ भने ६८ खेल जितेका छ।
२०२२ मा खेलिएका १२ टी–२० खेलमध्ये अफगानिस्तानले ८ खेल जितेको छ ।
एसिया कपको पहिलो खेलमा श्रीलंकाविरुद्धको जित अफगानिस्तानको टी–२० खेलमा यो देशविरुद्धको पहिलो जित हो।
बंगलादेश विरुद्धको टी-२० खेलमा अफगानिस्तानको अंक धेरै राम्रो छ। अफगानिस्तानले बंगलादेशसँग ९ खेल खेलेको छ। जसमध्ये बंगलादेशले तीन खेल मात्र जितेको छ। अफगानिस्तान क्रिकेट टोलीले बाँकी ६ टी–२० खेल जितेको छ। बंगलादेशसँगको टी–२० खेलमा अफगानिस्तान ६–३ ले अगाडि छ ।
तर, अफगानिस्तानले भारत र पाकिस्तानविरुद्ध जितको खाता खोल्न सकेको छैन। अफगानिस्तानले भारतले तीन र पाकिस्तानले दुई टी–२० खेल हारेको छ।
तर अफगानिस्तानको टोली अहिले जुन उत्कृष्ट लयमा देखिएको छ, त्यसलाई हेर्दा उसले भारत र पाकिस्तानसँगको इतिहास उल्टाउने सम्भावनालाई नकार्न सकिँदैन।
बीबीसी हिन्दीबाट