नवौं राष्ट्रिय राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत क्रिकेटका लागि गैरआवासीय नेपाली संघको टिम घोषणा गरिएको छ।
असोज अन्तिम सातादेखि औपचारिक रुपमा नवौं राष्ट्रिय खेलकुद सुरु हुने भए पनि नेपाल टी-२० लिगका कारण यहि भदौ २२ देखि ३१ सम्म क्रिकेटको प्रतिस्पर्धा हुँदैछ।
नवौंका लागि गैरआवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानले टिमको कप्तानमा नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी एवं अष्ट्रेलियाको एडिलेड विश्वविद्यालय क्रिकेट क्लबका खेलाडी सुनाम गौतमलाई जिम्मेवारी दिएको छ।
उनी आयरल्याण्डको टेम्पल ट्रिक क्लबबाट क्रिकेट खेल्दा खेल्दै सिधै नेपाल आएका हुन्।
यू-१९ का नेपाली टिम पूर्वकप्तान तथा नेपाल अल स्टार्स क्रिकेट टिम अमेरिकाका खेलाडी पृथु बास्कोटाले टिमको उपकप्तानी सम्हाल्ने छन्।
त्यस्तै टोलीको म्यानेजरमा स्वयम्भुराज डंगोल, टोली संयोजक किरण राणा, प्रशिक्षकमा मनोज गुरुङ (युके) प्रशिक्षक र सहायक प्रशिक्षक ज्योति भण्डारी रहेका छन्।
टिममा अमेरिकाका ३ जना, युकेका ३ जना, अष्ट्रेलियाका ६ जना र न्युजिल्याण्डका २ जना खेलाडी रहेका छन्। हाल यो टिमले काठमाडौं आएदेखि दैनिक अभ्यासमा व्यस्त छ।
टिम : सुनाम गौतम (अस्ट्रेलिया), पृबु बास्कोटा (अमेरिका), नवीन प्रधान (न्युजिल्यान्ड), दिवस गिरि (युके), दिनेश खरेल (न्युजिल्यान्ड), रशिम कडेल (अस्ट्रेलिया), सन्दीप अधिकारी (अस्ट्रेलिया), बाशु गिरि (अस्ट्रेलिया), सुनील श्रेष्ठ (युके), दिपेन श्रेष्ठ (अमेरिका), दिपक क्षेत्री (अस्ट्रेलिया), आशिस पोखरेल (अस्ट्रेलिया), गम बहादुर गुरुङ (युके), सागर पुन (अमेरिका)