नेपालले घरेलु टोलीविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीयमा टस हारेर पहिले फिल्डिङ गरिरहेको छ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर पहिले ब्याटिङ रोजेको छ।
तेस्रो तथा अन्तिम उक दिवसीयमा नेपालले दुई परिवर्तन गरेको छ। करन केसी र पवन सरार्फको स्थानमा आशिफ शेख र किशोर महतो टिममा परेका छन्।
यसअघि नै सिरिज जितिसकेको नेपाल तेस्रो खेलमा जित निकाल्दै एकदिवसीय सिरिज ३-० ले आफ्नो बनाउन चाहन्छ। यसअघि नै नेपालले लगातार दुई खेलमा जित निकालेको छ।
पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । यस्तै दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो ।
यता, केन्या पनि नेपाललाई हराएर एकदिवसीय सिरिजमा सान्त्वना जित हात पार्न चाहन्छ ।
नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो।