आगामी महिना हुने नेपाल टी-२० लिगका लागि ६ मार्कीसहित ७ खेलाडी १५ लाख रूपैयाँमा आबद्ध भएका छन्।
लिगका लागि आसिफ शेख (पोखरा एभेन्जर्स), दीपेन्द्रसिंह ऐरी (लुम्बिनी अल स्टार्स), ज्ञानेन्द्र मल्ल (काठमाडौं कान्तिपुर), करण केसी (फार-वेस्टर्न युनाइटेड), रोहितकुमार पौडेल (विराटनगर सुपरकिंग्स) र सोमपाल कामी (जनकपुर रोयल्स) मार्की खेलाडीको रुपमा आबद्ध भएका हुन्।
यी सबै खेलाडी ए श्रेणीमा ड्राफ्टमा थिए। यस्तै ए श्रेणीका शरद भेषवाकरलाई पोखराले टिममा आबद्ध गरेको छ।
योसँगै टी-२० लिगमा सात खेलाडी १५ लाख रुपैयाँमा आबद्ध भएका छन्। लिगले बी र सी श्रेणीका खेलाडीका लागि ड्राफ्टको अर्को राउन्ड भोलि गर्ने जनाएको छ। लिगका लागि ९२ खेलाडीलाई ड्राफ्टमा स्थान दिइएको छ।
बी श्रेणीका खेलाडीलाई १० लाख र सी श्रेणीका खेलाडीलाई ५ लाख रुपैयाँ दिइनेछ।
क्यानले प्रतियोगिताको आयोजना अधिकार भारतको सेभेन थ्री स्पोर्ट्सको जिम्मा दिएको छ। प्रतियोगिता आगामी असोज ८ गतेदेखि कात्तिक ५ सम्म नेपाल टी-२० लिग काठमाडौंमा हुँदैछ।