आगामी महिना अष्ट्रेलियामा हुने आइसिसी पुरूष टी-२० विश्वकपका लागि रोहित शर्माको कप्तानीमा भारतीय टोली घोषणा भएको छ।
एसिया कपमा टिम बाहिर रहेका जसप्रित बुमराहलाई समेट्दै भारतले १५ सदस्यीय टोली घोषणा गरेको हो।
भारतीय टोली
रोहित शर्मा, जसप्रित बुमराह, रविन्द्र जडेजा, के एल राहुल, विराट कोहली, सूर्यकुमार यादव, दीपक हुँडा, ऋषव पन्त, दिनेश कार्तिक, हार्दिक पाण्ड्या, रविचन्द्र आश्विन, युजवेन्द्र चाहल, अक्षर पटेल, भुवनेश्वर कुमार, हर्शल पटेल, अर्शदीप सिंह।
वैकल्पिक खेलाडीः मोहम्मद शामी, श्रेयर ऐयर, रवि विश्नोई, दीपक चहर
भारतले विश्वकपमा आफ्नो पहिलो खेल अक्टुबर २३ मा पाकिस्तानविरूद्ध खेल्नेछ।