काठमाडौंको रातोपुलमा नेपाल क्रिकेट स्कुल सञ्चालनमा आएको छ। शुक्रबार स्कुलको उद्घाटन गरिएको छ।
प्रदेशसभा सदस्य नरोत्तम बैद्य र नेपाल क्रिकेट संघका कार्यवहाक सचिव प्रशान्तबिक्रम मल्लले स्कुलको उद्घाटन गरेका हुन्।
क्रिकेटमा लगाव भएका बिद्यालय तहका बालबालिकालाई लक्षित गरी स्कुल सञ्चालनमा ल्याइएको सञ्चालकले बताएका छन्।
स्कुलमा शरद भेषवाकर मुख्य प्रशिक्षक र प्रशिक्षकका रुपमा पुर्नेन्द्र घोष रहने स्कुल सञ्चालन गर्ने कम्पनी एमसिडी प्रालिले जनाएको छ।
सुनिल थापा, सौगात दंगाल, सुन्दर रेग्मी, बोबिन शर्मा र करन पाल मिलेर सो क्रिकेट स्कुल सञ्चालनमा ल्याएका हुन्। विगतमा भेरोसिटी अरिना रहेको स्थानमा क्रिकेट स्कुल सञ्चालनमा आएको हो।
एकेडेमीमा बेसिकदेखि अन्तर्राष्ट्रिय तहसम्मको क्रिकेट तालिम तथा सुविधा उपलब्ध हुने क्रिकेट स्कुलका निर्देशक सौगात दंगालले बताए।
‘ग्रासरुटलेभलदेखि स्कुल लेभलको क्रिकेटलाई प्रबद्र्धन गर्न हामीले यो स्कुलसञ्चालनमा ल्याएका हौं,’ दंगाल भन्छन्,‘हाम्रो स्कुलबाट राष्ट्रिय तहका खेलाडी उत्पादन गर्ने लक्ष्य छ ।’