आन्तरिक तयारी नपुग्दा नेपाल टी-२० लिग निर्धारित मितिमा नहुने भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि तयारी थालेको छ।
क्यानले आगामी कात्तिक १२ देखि २६ गतेसम्म काठमाडौंमा प्रतियोगिता आयोजना गर्न तयारी थालेको हो।
त्यसका लागि क्यानले असोज २० सम्म जिल्ला छनोट गर्न प्रादेशीक क्रिकेट संघलाई पत्र पठाएको छ। जिल्ला छनोटपछि कात्तिक ६ भित्रमा प्रदेश छनोट गर्न भनिएको छ।
प्रधानमन्त्री कपमा सात प्रदेश र तीन विभाग गरी दश टिमले भाग लिनेछन्।
क्यानले एकदिवसीय प्रतियोगिता दुई वर्षपछि आयोजना गर्न लागेको हो। गत वर्ष क्यानले प्रधानमन्त्री कप टी-२० फर्म्याटमा गरेको थियो।
नवौं राष्ट्रिय खेलकुदअन्तर्गको क्रिकेट प्रतियोगिता भने क्यानले सम्पन्न गरिसकेको छ। अधिकांश खेल वर्षाले प्रभावित भएको प्रतियोगितामा नेपाल पुलिस क्लबले स्वर्ण जितेको थियो।
नवौं राष्ट्रिय प्रतियोगिता असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुँदैछ। यहीँ लगत्तै क्यानले प्रधानमन्त्री कप आयोजना गर्न लागेको हो।