भारतले पहिलो टी-ट्वान्टी अन्तर्राष्ट्रियमा दक्षिण अफ्रीकालाई हराएको छ ।
बुधबार राति भएको खेलमा घरेलु टोली भारतले दक्षिण अफ्रिकामाथि ८ विकेटले सहज जित निकालेको हो।
दक्षिण अफ्रिकाले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको भारतले १६.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।
भारतको जितमा केएल राहुल र सूर्यकुमार यादवले उत्कृष्ट प्रदर्शन गरे। राहुलले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ खेल्दा सूर्यकुमारले पनि अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ खेले ।
कप्तान रोहित शर्मा शून्यमा आउट हुँदा विराट कोहलीले ३ रन जोडे।
दक्षिण अफ्रिकाका लागि कागिसो राबडा र एन्रिच नोर्कियाले १-१ विकेट हात पारे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो।
उसका लागि केशव महाराजले सर्वाधिक ४१ रन बनाए। यस्तै एडिन मार्क्रमले २५ तथा वायने प्रनिलले २४ रन जोडे। बाँकी कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
क्विन्टन डिकक एक रनमा आउट हुँदा कप्तानसहित ४ ब्यार शून्यमा आउट भएका थिए।
भारतका लागि अर्शदिप सिंहले ३ तथा दिपक चाहर र हर्सल पटेलले २-२ विकेट लिए। अक्षर पटेलले १ विकेट हात पारे।
यो जितसँगै तीन खेलको सिरिजमा भारतले १-० को अग्रता बनाएको छ।