घरेलु टिम अस्ट्रेलियाविरूद्धको पहिलो टी-२० मा इंग्ल्यान्ड विजयी भएको छ। आइतबार पर्थमा भएको खेलमा अस्ट्रेलियामाथि इंग्ल्यान्डले ८ रनको जित निकालेको हो। टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ६ विकेटको क्षतिमा २०८ रन जोड्यो। उसका लागि कप्तान जोश बटलरले ६८ रन र एलेक्स हल्सले ८४ रन जोडे। बलिङमा अस्ट्रेलियाका नाथान इल्सले ३ विकेट लिए। २०९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ९ विकेटको क्षतिमा २०० रन जोड्यो। उसका लागि डेविड वार्नरले ७३ रन जोडे। बलिङमा इंग्ल्यान्डका मार्क उडले ३ विकेट लिए। साम कुरान र रीस टोपलेले २-२ विकेट हात पारे।