दक्षिण अफ्रिकाको तीन खेलको एकदिवसीय सिरिज घरेलु टिम भारतले जितेको छ। तेस्रो तथा निर्णायक खेलमा दक्षिण अफ्रिकालाई ७ विकेटले पराजित गर्दै भारतले सिरिज २-१ ले जितेको हो।
यसअघि पहिलो खेलमा दक्षिण अफ्रिका र दोस्रो खेलमा भारत विजयी भएको थियो।
मंगलबार दक्षिण अफ्रिकाले दिएको १०० रनको लक्ष्य भारतले ३ विकेटको क्षतिमा १९.१ ओभरमा पूरा गर्यो। भातरका लागि श्रेयस अय्यरले नटआउट २८ रन र शुभमान गिलले ४९ रनको योगदान गरे।
त्यसअघि दक्षिण अफ्रिका ९९ रनमै अलआउट भएको थियो।
दिल्लीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका २७.१ ओभरमा अलआउट भयो।
उसका लागि हेनरिक क्लासनले सबैभन्दा भढी ३४ रन जोडे। दक्षिण अफ्रिकाले पछिल्ला ६ विकेट ३३ रन बनाउँदा गुमाएको थियो।
दक्षिण अफ्रिकालाई कमजोर स्कोरमा समेट्ने क्रममा भारतका कुलदिप यादवले ४ विकेट लिए। उनले ४.१ ओभरमा १ मेडन राख्दा १८ रन खर्चिए।
वासिङटन सुन्दर, मोहमद सिराज र शाहबाज अमहेदले २-२ विकेट लिए।
कुलदीप प्लेयर अफ दि म्याच र सिराज प्लेयर अफ दि सिरिज घोषित भए।