न्युजिल्यान्डले आइसिसी टी-२० विश्वकपमा साविक विजेता अष्ट्रेलियामाथि ८९ रनको सानदार जित निकालेको छ।
घरेलु टोलीमाथि ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरेको न्युजिल्यान्डले प्रतियोगितामा विजयी सुरूआत गरेको हो।
जितको लागि २ सय १ रनको विशाल विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया १७.१ ओभरमा अलआउट हुँदै १ सय ११ रनमा समेटियो।
उसका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक २८ रन बनाए। यस्तै प्याट कमिन्सले २१ रन बनाउँदा मिचेल मार्सले १६ तथा आप्तान आरोन फिन्चले १३ रन बनाए। टीम डेभिडले ११ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
न्युजिल्यान्डका टिम साउथीले २.१ ओभरमा ६ रन खर्चेर ३ विकेट लिए। यस्तै मिचेल सान्टनारले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिँदा ट्रेन्ट बोल्टले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए। लोकी फर्गुसन र ईश सोधीले एक-एक विकेट हात पारे।
त्यसअघि सिड्नीमा टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय रन बनाएको थियो। न्युजिल्यान्डका ओपनर डेभन कन्वेले ९२ रनको अभिजित इनिङ खेले। ५८ बल खेलेका उनले ७ चौका र २ छक्का प्रहार गरे।
ओपनर फिन एलेनले ४२ रन बनाउँदा केन विलियम्सनले २३ रन जोडे। ग्लेन फिलिप्सले १० बलमा १२ रन बनाउँदा जेम्श निसम १३ बलमा २ छक्कासहित २६ रनमा अविजित रहे।
अष्ट्रेलियाका लागि जोश हेजलवुडले ३ तथा एडम जाम्पाले १ विकेट लिए ।
आजै हुने दोस्रो खेलमा इङ्ल्याण्डले अफगानिस्तानको सामना गर्नेछ।