आइसिसी टी-२० विश्वकपमा घरेलु टिम अस्ट्रेलियाले जित निकालेको छ।
मंगलबार भएको खेलमा अस्ट्रेलियाले श्रीलंकामाथि ७ विकेटको जित निकाल्यो।
श्रीलंकाले दिएको १५८ रनको लक्ष्य अस्ट्रेलियाले ३ विकेटको क्षतिमा १६.३ ओभरमै पूरा गर्यो।
अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले नटआउट ५९ रन जोडे। उनले १८ बलमा ४ चौका र ६ छक्का हिर्काए।
कप्तान आरोप फिन्चले ४२ बलमा ३१ रन जोडे। डेभिड वार्नर ११ रन, ग्लेन म्याक्सवेल २३ रन र मिचेल मार्शले १८ रन जोडे।
बलिङमा श्रीलंकाका धनन्जय डि सिल्भा, चामिका करुणारत्ने र महीस तिक्षनाले १-१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंका ६ विकेटको क्षतिमा १५७ रन जोड्यो। श्रीलंकाका लागि पथुम नसंशाले ४० रन, डि सिल्भाले २० रन र चारिथ असलंकाले नटआउट ३८ रन जोडेका थिए।
बलिङमा अस्ट्रेलियाका जोश हजलउड, पाट कमिङ्ग्स, मिचेल स्टार्क, अस्टन अगर र म्याक्सवेलले १-१ विकेट लिए। जितसँगै अस्ट्रेलियाले समूह-१ मा दुई अंक जोड्यो।