भारतीय पूर्व कप्तान विराट कोहली पछिल्लो समय लयमा छन्।
विश्वका उत्कृष्ट ब्याट्सम्यानमध्ये एक उनले भारतका लागि केही महत्वपूर्ण खेलहरू आफ्नै बलबुताले जिताएका छन्। एसिया कप २०२२ मा अफगानिस्तानविरूद्ध शतक बनाएसँगै उनी पुरानो फर्ममा फर्किएका हुन्।
आज हुने भारत र बंगलादेशबीचको महत्वपूर्ण खेलमा कोहलीले ठूलो कीर्तिमान बनाउन सक्छन्।
टी–२० विश्वकपमा सर्वाधिक रन बनाउनेमा विराट कोहली अहिले दोस्रो नम्बरमा छन्। उनले आज (नोभेम्बर २ मा) बंगलादेशविरूद्धको टी–२० विश्वकपमा थप १५ रन बनाए भने उनी टी–२० विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी बन्नेछन्।
टी–२० विश्वकपमा कोहलीको नाममा हाल १ हजार १ रन छ। टी–२० विश्वकपको इतिहासमा महेला जयवर्धनेले हालसम्म सर्वाधिक १०१६ रन बनाएर शीर्ष स्थानमा छन्।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीसमेत रहेका कोहलीले चाहेको बेला विस्फोटक ब्याटिङसमेत गर्छन्।
उनले ११२ टी–२० खेलमा ३८६८ रन बनाइसकेका छन् जसमा एक शतक र ३५ अर्धसतक समावेश छ।
विराट कोहलीले तीनवटै फर्म्याटमा भारतका लागि १०० भन्दा बढी खेल खेलिसकेका छन्। उनले अन्तर्राष्ट्रिय क्रिकेटमा ७१ शतक बनाएका छन्। जसमा १०२ टेष्टबाट २७ सतक, २६२ एकदिवसीयमा ६४ र एक अन्तर्राष्ट्रिय टी-२० सतक उनको नाममा छ।
हाल अष्ट्रेलियामा जारी टी–२० विश्वकपमा उनले पाकिस्तान र नेदरल्याण्ड्सविरूद्ध उत्कृष्ट इनिङ्स खेले।
पहिलो खेलमा पाकिस्तानविरूद्ध ८२ रनको अभिजित पारी खेलेका उनले दोस्रो खेलमा नेदरल्याण्डविरूद्ध ६२ रनको अभिजित इनिङ्स खेले। तेस्रो खेलमा भने उनी दक्षिण अफ्रिकाविरूद्ध १२ रनमा आउट भए।
टी-२० विश्वकप इतिहासमा सर्वाधिक रन बनाउने खेलाडीहरू
१. महेला जयवर्धने (श्रीलंका) - १०१६ रन
२. विराट कोहली (भारत) - १००१ रन
३. क्रिस गेल (वेस्ट इन्डिज) - ९६५ रन
४. रोहित शर्मा (भारत) - ९०४
५. तिलकरत्ने दिलशान (श्रीलंका)- ८९७