पाकिस्तानका अलराउन्डर फखर जमान चोटका कारण टी-२० विश्वकपबाट बाहिरिएका छन्।
उनी घुँडाको चोट बोकेर अस्ट्रेलिया गएका थिए। आइतबार नेदरल्यान्ड्सविरुद्धको खेलमा उनको चोट थप बल्झिएको थियो।
यसको मतलब पाकिस्तानले आज दक्षिण अफ्रिका विरुद्धको खेल जित्नै पर्ने भिडन्त र साताको अन्त्यमा बंगलादेशसँगको अन्तिम समूह खेलको लागि फखर जमानविना खेल्नेछ।
चोटका कारण फखर सुरुमा प्रतियोगिताको लागि १५ सदस्यीय टोलीमा थिएनन्। उनी अन्ततः लेगस्पिनर उस्मान कादिरलाई विस्थापित गर्दै टिममा परेका थिए।
ट्राभलिङ रिजर्भमा रहेका मोहम्मद हरिसलाई आइसिसी प्राविधिक समितिले उनको स्थानमा अनुमोदन गरेको छ।