अष्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा सेमिफाइनल समिकरण रोमाञ्चक मोडमा पुगेको छ।
सुपर १२ अन्तर्गत समूह बी का आज दुई खेल हुनेछन्। पहिलो खेलमा न्यूजिल्याण्ड र आयरल्याण्ड भिड्दा दोस्रो खेलमा घरेलु टोली अष्ट्रेलियाले अफगानिस्तानको सामना गर्नेछ।
मंगलबार इंग्ल्याण्डलेसँग २० रनले हारेको न्युजिल्याण्डलाई सेमिफाइनल प्रवेशका लागि फराकिलो अन्तरमा आयरल्याण्डलाई हराउनुपर्नेछ। तर न्यूजिल्याण्डको हारले समूहमा समान ५-५ अंक भएका अष्ट्रेलिया र इङ्ल्याण्डलाई फाइदा हुनेछ।
जितका बाबजुत आयरल्याण्डलाई सेमिफाइनल प्रवेशका लागि गणितीय तथ्याङ्क मात्र बाँकी रहनेछ। यदि आज फराकिलो अन्तरमा न्यूजिल्याण्डलाई हराएमा र अष्ट्रेलिया तथा इङ्ल्याण्ड दुबै हारेमा मात्र रनरेटका आधारमा आयरल्याण्ड सेमिफाइनलमा पुग्नेछ।
यस्तै आजै हुने दोस्रो खेलमा घरेलु टोलीले प्रतियोगिताबाट बाहिरिसकेको अफगानिस्तानमाथि फराकिलो जित निकाल्नुपर्नेछ।
जितका साथै रनरेट पनि सुधार्दै तेस्रो स्थानमा रहेको अष्ट्रेलियाका लागि इङ्ल्याण्ड र न्यूजिल्याण्डसँग अघि हुनुपर्नेछ।
अष्ट्रेलियाका लागि आफूले खेल जितेर मात्र पुग्दैन, शनिबार इङ्ल्याण्ड र श्रीलंकाबीच हुने अन्तिम खेल कुर्नुपर्नेछ।
यहीँ खेलको नतिजापछि मात्र समूह बी बाट नकआउट चरणमा पुग्ने अन्तिम २ टोलीको टुंगो लाग्नेछ।