अष्ट्रेलियामा जारी आइसिसी पुरूष टी-२० विश्वपकप अन्तर्गत सुपर १२ को अन्तिम खेलमा दक्षिण अफ्रिका नेदरल्याण्डसँग १३ रनले पराजित भएको छ।
नेदरल्याण्डले दिएको १५९ रनको मध्यम लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रन मात्र बनाउन सक्यो।
नेदरल्यान्ड्सको जितले समूह २ को समीकरण बदलिएको छ। दक्षिण अफ्रिका सेमिफाइनल दौडबाट बाहिरिएसँगै भारत एक खेल अगाडिनै अन्तिम चारमा पुगेको छ।
अब पाकिस्तान र बंगलादेशबीचको बिजेताले भारतसँगै सेमिफाइनलमा प्रवेश गर्नेछन्। यी दुईबीचको खेल केही बेरमा सुरू हुँदैछ।