अष्ट्रेलियामा जारी आइसिसी पुरुष टी-२० विश्वकपको फाइनल प्रवेशका लागि भारतले इङ्ल्यान्डलाई १६९ रनको लक्ष्य दिएको छ।
एडिलेड ओभलमा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन लिएको थियो।
इङ्ल्यान्डका क्रिस जोर्डनले ३, अडिल रसिदले १ र क्रिस वक्सले १ विकेट लिएका थिए।
भारतका हार्दिक पान्ड्याले ३३ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ६३ रन बनाए। उनी अन्तिम बलमा हिट विकेटको रूपमा आउट भएका थिए।
विराट कोहलीले ४० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५० रन बनाए।