पाँचौं संस्करणको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल एपिएफ क्लबले उपाधि जित्न सफल भएको छ।
कीर्तिपुरमा भएको खेलमा आर्मीलाई ४ विकेटले हराउँदै एफिएफ उपाधि चुम्न सफल भएको हो।
टस हारेर पहिलो ब्याटिङ गरेको आर्मी ३९ ओभरमा १ सय ७९ रनमा अल आउट भएको थियो।
जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको एपिएफले ३८.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो।
एपिएफको तर्फबाट भुवन कार्कीले ८८ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५५ रन बनाए। सुमित महर्जन ४५ बलमा ५ चौकासहित ३४ रनमा आउट भए। शरद भेषावकर १९ बलमा १ चौका र १ छक्कासहित १६ रनमा आउट भए।
तस्बिरहरू: