नेपालका बलरले उत्कृष्ट बलिङ गरेपछि युएई विरूद्धको सिरिजको अन्तिम खेलमा नेपालले १७७ रनको लक्ष्य दिएको छ।
कीर्तिपुर खेल मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालले ९ विकेट लिन सफल भयो।
नेपालका गुल्सन झाले पहिलो विकेट लिँदै राम्रो सुरूआत गरेका थिए।
खेलमा नेपालका गुल्सन झा, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले २-२ विकेट लिए। दिपेन्द्र सिहं ऐरीले १० ओभरमा २२ रन दिएर दुई विकेट लिए भने गुल्सन झाले ७ ओभर बलिङ गरेर ४२ रन दिँदै २ विकेट लिए। पार्ट टाइम बलर कुशल भुर्तेलले ७ ओभरमा ३२ रन दिएर २ विकेट लिए। ललित राजवंशी र सोमपाल कामीले १-१ विकेट लिए।
युएईका लागि ५ खेलाडीले दोहोरो अंकमा रन बटुल्न सके।
अलिसान सराफुले ६९ बलमा ३३ रन बटुले भने युएईका पूर्व कप्तान रोहन मुस्तफाले ५६ बलमा २४ रन बटुले त्यस्तै मोहम्मद वामिसले ८ बलमा ११ रन बटुल्न सफल भए।
अन्तिम विकेटको लागि उत्कृष्ट साझेदारी गर्दै आएन अफजल खान र हजरत बिलालले युएईको इनिङलाई उकासे।
उनीहरूले ११३ बलमा ८३ रनको साझेदारी गरे। आएन अफजल खानले ६४ बलमा ५४ रन र हजरत खानले ५३ बलमा २० रनको योगदान गरे।