भारतको महाराष्ट्रका कप्तान र ओपनर रुतुराज गायकवाडले अहमदाबादमा भएको विजय हजारे ट्रफीको क्वार्टरफाइनलमा उत्तर प्रदेशविरुद्ध लिस्ट ए क्रिकेटमा कीर्तिमानी ब्याटिङ गरेका छन्।
उनले एकै ओभरमा सात छक्कासहित ४३ रन बनाएर कीर्तिमान बनाएका हुन्।
यो रन सन् २०१८ मा न्युजिल्यान्डको फोर्ड ट्रफीको खेलमा ब्रेट ह्याम्पटन र जो कार्टरले बनाएको कीर्तिमानसँग बराबरी हो।
सोमबार अहमदाबादमा बायाँ हाते स्पिनर शिव सिंहको ओभरमा गायकवाडले उत्कृष्ट ब्याटिङ गरेका थिए।
ओभरको सुरूवाती चार बलमा उनले लगातार छक्का हिर्काएका थिए।
लगत्तैको बल नो-बल हुँदा उनले छक्का प्रहार गरेका थिए। जसका कारण सो बलमा ७ रन आएको थियो।
पाँचौ र छैटौं बलमा उनले छक्का हिर्काएपछि लिस्ट एको खेलमा कीर्तिमान बनेको थियो।
गायकवाडले १५९ बलमा १० चौका र १६ छक्का प्रहार गर्दै नटआउट २२० रन जोडे।
गायकवाडको उत्कृष्ट ब्याटिङसँगै महाराष्ट्रले ५० ओभरमा ५ विकेटको क्षतिमा ३३० रन जोड्यो।