आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले घरेलु टोली नामिबियाविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ।
युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डकमा नामिबियाका कप्तान गेरार्ड इरास्मसले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।
नेपालले आजको खेलमा तीव्र गतिका बलर करण केसीलाई बेन्चमा राखेको छ । आजको खेलमा नेपालले करण केसी, नन्दन यादव र हरिशंकर शाहलाई बेन्चमा राखेको छ।
शीर्ष तीनमा रहँदै आगमी वर्ष हुने ग्लोबल छनोट सिधैं खेल्न नेपाललाई बाँकी सबै खेल जित्नुपर्ने दबाब छ।
यसअघि ओडिआईमा नेपालले नामिबियासँग दुई खेल खेल्दा जित बिहीन छ।
नेपालको प्लेइङ ११ :
आसिफ शेख, अर्जुन साउद (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल भुर्तेल, गुलशन झा, सोमपाल कामी, ललित नारायण राजवंशी र सागर ढकाल ।