ज्ञानेन्द्र मल्लले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरूद्ध अर्धसतक पुरा गरेका छन्।
टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालका लागि मल्लले ६० बलमा ५० रन पुरा गरेका हुन्। यस क्रममा उनले ४ चौका र २ छक्का प्रहार गरे। यो उनले छैठौं एकदिवसीय अन्तर्राष्ट्रिय अर्धसतक हो।
सन् २०१८ मा नेदरल्याण्ड्विरूद्ध एकदिवसीय क्रिकेटमा डेब्यू गरेका मल्लले पहिलो खेलमै ५१ रनको पारी खेलेका थिए।
युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डकमा नेपालले ३२ ओभरमा ३ विकेट गुमाउँदै १२३ रन बनाएको छ।
नेपालका लागि ओपनर अर्जुन साउदले ४२ बलमा १८ रन जोड्दा आशिफ शेखले ४६ बलमा २० रन बनाए।
यस्तै कप्तान रोहित पौडेलले १५ बल खेलेर १० रन जोडे।
अहिले क्रिजमा आरिफ शेख र मल्ल छन्।