नेपालले आईसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियालाई १९८ रनको लक्ष्य दिएको छ।
युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डकमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाउँदै १९७ रन बनाएको हो।
नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ७५ रन बनाए। ९४ बल खेलेका मल्लले २ छक्का र ७ चौका प्रहार गरेका थिए।
यस्तै आरिफ शेखले २३ रन बनाउँदा आशिफ शेखले २० रन बनाए। कप्तान रोहित शर्मा १० रनमा रन आउट हुँदा अर्जुन साउदले १८ रन जोडे।
नामिबियाका लागि टांगेनी लुंगामेनीले ३ तथा कार्ल बिर्केनस्ट्रोकले २ विकेट लिए। यस्तै गेर्हार्ड इरास्मस, बर्नार्ड स्कर्ल्जट १-१ विकेट लिए।