नेपालका ओपनर अर्जुन साउद, फास्ट बलर सोमपाल कामी र विकेटकिपर ब्याटर सुवास खकुरेल पाकिस्तान सुपर लिग (पीएसएल) ड्राफ्टमा परेका छन्।
पिएसएलले बुधबार सार्बजनिक गरेको ड्राफ्ट अनुसार नेपालका ३ खेलाडी ड्राफ्ट सूचीको विदेशी खेलाडीको सिल्भर कोटामा परेका छन्।
अघिल्लो संस्करणमा लेग स्पिनर सन्दीप लामिछानेसहित ११ खेलाडीले नाम दर्ता गराएका थिए।
२०१५ मा सुरु भएको पीएसएलको आगामी वर्षको फेब्रुअरी ९ बाट सुरू हुने प्रतियोगिताका लागि डिसेम्बर १५ मा यो संस्करणको पीएसएल ड्राफ्ट हुँदैछ।