नामिबियामाले नेपाललाई २७६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।
आइसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबियामा जारी नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनाएको हो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाका लागि मिचेल भान लिङ्गेनले सतकीय पारी खेले। १११ बल खेलेका उनले १ छक्का र १५ चौकासहित ११९ रन बनाए।
यस्तै कप्तान जेरार्ड इरास्मसले ५३ रन बनाए। ७६ बल खेलेका उनले २ छक्का र १ चौका प्रहार गरे।
यस्तै जान निकोलले ४० रन बनाए।
नेपालका लागि ललित राजबंशीले सर्वाधिक ४ विकेट लिए। सोमपाल कामीले २ तथा सागर ढकालले १ विकेट हात पारे।
यसअघि सिरिजको दोस्रो खेलमा नेपाल स्कटल्यान्डसँग ३ विकेटले पराजित भएको थियो। पहिलो खेल वर्षाले अवरूद्ध भएको थियो।