भारतका युवा ब्याटर ईशान किशनको दुर्लभ विश्व कीर्तिमान बनाएका छन्।
जहुर अहमद चौधरी स्टेडियम ढकामा बंगलादेशविरूद्ध किशनले १ सय ३१ बलमा २४ चौका र १० छक्कासहित २ सय १० रनको विष्फोटक दोहोरो शतकीय इनिङ खेल्दै कीर्तिमान बनाएका हुन्।
किशनले वेस्टइन्डिजका विष्फोटक ब्याटर क्रिस गेलले २०१५ मा जिम्बावेविरूद्ध १ सय ३८ बलमा प्रहार गरेको दोहोरो शतकको कीर्तिमान तोड्दै आफ्नो नाममा लेखाए।
ईशान भारतीय क्रिकेटमा ओडिआई अन्तर्गत रोहित शर्मा, सचिन तेन्दुलकर र विरेन्द्र सहवागपछि दोहोरो शतक प्रहार चौथो खेलाडी बनेका छन्।
सुरूआती ४९ बलमा ५० रन जोडेका ईशान किशनले त्यसपछि खेल्ने शैली परिवर्तन गरे। थप ३५ बलमा १४ चौका र २ छक्का हान्दै करिअरको पहिलो शतक पूरा गरे।
त्यसपछि किशनले थप १८ बलमा १५० रनको आँकडा पार गरे। १ सय ३ बलमा उनले १६ चौका र ८ छक्कासहित १ सय ५० रन पूरा गरेका थिए। त्यसपछि थप २३ बल खेल्दा उनले कीर्तिमानी दोहोरो सतक पुरा गरे। यसक्रममा उनले ९ छक्का र २३ चौका प्रहार गरे।
त्यसपछि थप ५ बल खेलेर १० रन जोड्दै आउट भए।
इशान किशन कुल २१० रन बनाएर आउट भएका हुन्। १३१ बलको आफ्नो पारीमा उनले २४ चौका र १० छक्का प्रहार गरेका थिए।
इशान किशन एकदिवसीय क्रिकेटमा भारतका लागि दोहोरो शतक बनाउने चौथो र विश्वका नवौं ब्याट्सम्यान हुन्।
इशान किशनको यो दोहोरो शतक एकदिवसीय क्रिकेटमा छैटौं सर्वाधिक व्यक्तिगत स्कोरसमेत हो।
यति मात्र होइन, उनले विराट कोहलीसँग दोस्रो विकेटका लागि २९० रनको साझेदारी गरे, जुन एकदिवसीय क्रिकेटमा सातौं र भारतका लागि तेस्रो ठूलो साझेदारी हो। यो साझेदारीमा इशानको ब्याटबाट १९९ रन निस्किएको थियो।
भारतको सबैभन्दा ठूलो ओडीआई साझेदारीको कीर्तिमान सचिन तेन्दुलकर र राहुल द्रविडको नाममा छ, जसले सन् १९९९ मा न्यूजिल्याण्डविरुद्ध दोस्रो विकेटका लागि ३३१ रन जोडेका थिए।
सोही समयमा सौरभ गांगुली र राहुल द्रविडले श्रीलंकाविरूद्ध सोही वर्षको मे महिनामा ३१८ रनको दोस्रो ठूलो साझेदारी गरेका थिए।
यो एकदिवसीय क्रिकेटमा इशान किशनको पहिलो शतक हो। योसँगै उनी आफ्नो पहिलो एकदिवसीयमा दोहोरो शतक बनाउने पहिलो क्रिकेटर बनेका छन् ।
एकदिवसीय क्रिकेटमा इशान किशनको यो नवौं इनिङ्स हो। उनले यसअघि नै ५९, २८, ५०, २०, ९३ रन बनाएका थिए।
यसका बाबजुद पनि उनी टिममा नियमित ब्याट्सम्यानको पहिलो रोजाइ बन्न सकेका छैनन्।
सुरूवाती दुई खेलमा बंगलादेशसँग पराजित भएपछि भारतले यस सिरिजको अन्तिम खेलमा ओपनर किशनलाई मौका दिएको थियो। किशनले कप्तान रोहित शर्मा घाईते भएपछि अवसर पाएका हुन्। किशनले त्यसको भरपूर्ण फाइदा उठाउँदै सानदार दोहोरो शतक बनाए।