अलराउन्डर साम करन इन्डियन प्रिमियर लिग (आइपिएल) सर्वाधिक महँगो मूल्यमा बिक्री भएका छन्।
भारतको कोचीमा जारी मिनी अक्सनमा इंग्ल्यान्डका युवा साम करनलाई पन्जाब किंग्सले १८ करोड ५० लाख भारूमा किनेको हो।
यो मूल्य आइपिएलकै सबैभन्दा महँगो मूल्य हो।
यसअघि आइपिएल अक्सनमा दक्षिण अफ्रिकाका अलराउन्डर क्रिस मोरिसले १६ करोड २५ लाख भारू पाएका थिए।
सन् २०२१ को अक्सनमा मोरिसलाई राजस्थान रोयल्सले खरिद गरेको थियो।
यसअघि रिटनेमा रोयल च्यालेन्जर्स बेंगलोरले २०१८ मा विराट कोहलीलाई १७ करोड भारूमा रिटेन गरेको थियो । २०२२ मा लखनउले लोकेश राहुललाई १७ करोड भारूमै किनेको थियो। १७ करोड माथि मूल्य पाउने करन पहिलो खेलाडी हुन् ।
न्यूनतम मूल्य २ करोड भारू राखेका करनलाई अक्सनमा किन्न मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंगलोर, लखनउ, राजस्थान, चेन्नई सुपर किङ्स र पन्जाबले समेत बोली लगाएका थिए।
युवा अलराउन्डर साम करनले यसअघि पन्जाब किंग्स र चेन्नई सुपर किंग्सबाट आइपिएल खेलिसकेका छन्। २०१९ मा पन्जाबबाट खेलेका उनी २०२० मा चेन्नईबाट खेलेका थिए। ३२ आइपिएल खेलेका उनले दुई अर्धशतकसहित ३ सय ३७ रन बनाउनुको साथै ३२ विकेट लिएका छन्।