नेपाल टी-२० लिगमा काठमाडौं नाइट्सले दोस्रो जित हात पारेको छ। काठमाडौंले मंगलबार भएको खेलमा जनकपुर रोयल्सलाई ५३ रनले हरायो।
टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले ६ विकेटको क्षतिमा २०८ रन जोड्यो। उसका लागि ओपनर विरनदीप सिंहले ४९ रन जोड्दा एलेक्स ब्लेकले ८३ रनको योगदान गरे। ब्लेकले ४३ बलमा ४ चौका र ७ छक्का हिर्काए।
बलिङमा जनकपुरका पवन सर्राफले २ विकेट लिए।
२०९ रनको लक्ष्य पछ्याएको जनकपुर २० ओभरमा १५५ रनमा अलआउट भयो। उसका लागि समिमुल्लाह शिनवारीले २९ रन जोड्दा सन्दीप जोराले २६ रन र पवन सर्राफले २४ रन जोडे।
बलिङमा काठमाडौंका अजमतुल्लाह ओमार्जाइले ३ विकेट हात पारे भने बासिर अहमेदले २ विकेट लिए।
लिगमा काठमाडौं ३ खेलबाट ४ अंक जोड्दै दोस्रो स्थानमा छ। ४ अंक नै जोडेको जनकपुर तेस्रो स्थानमा छ।