नेपाल टी-२० लिगमा विराटनगर सुपरकिंग्सले पहिलो जित हात पारेको छ।
बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा विराटनगरले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको हो। पोखरा भने लगातार चौथो खेलमा पराजित भयो।
टस हारेर पहिले ब्याटिङ गरेको पोखराले ७ विकेटको क्षतिमा १३९ रन मात्र जोड्न सक्यो। उसका लागि कुशल मल्लले ३७ रन जोड्दा सिद्धान्त लोहनीले २६ रनको योगदान गरे।
बलिङमा विराटनगरका हुसेन तलात र राज नन्दनले २-२ विकेट लिए।
१४० रनको लक्ष्य विराटनगरले ७ बल खेल्न बाँकी छदा ४ विकेट गुमाएर पार गर्यो।
विराटनगरको जितमा प्लेयर अफ दि म्याच तलातले नटआउट ५० रन जोडे। उनले ३० बलमा ४ चौका र १ छक्का प्रहार गरे। त्यसअघि आन्द्रे म्याककार्थे २१ रन र अर्जुन साउदले २५ रनको योगदान गरेका थिए।
बलिङमा पोखराका कुशल मल्ल र शरद भेषावकरले २-२ विकेट हात पारे।
जितसँगै तीन खेलबाट २ अंक जोडेको विराटनगर चौथो स्थानमा छ। चारै खेलमा हार बेहोरेको पोखरा पुछारमा छ।