दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टमा घरेलु टिम अस्ट्रेलिया इनिङग्स र १८२ रनले वियजी भएको छ।
जितसँगै तीन खेलको सिरिज अस्ट्रेलियाले अन्तिम खेलअघि नै आफ्नो पक्षमा पारेको छ।
पहिलो इनिङग्समा दक्षिण अफ्रिका १८९ रनमै अलआउट भएको थियो।
त्यसपछि अस्ट्रेलियाले पहिलो इनिङग्समा ८ विकेटको क्षतिमा ५७५ रन जोड्दै इनिङग्स समाप्तीको घोषणा गरेको थियो।
अस्ट्रेलियाका लागि डेभिड वार्नरले दोहोरो शतक हिर्काए। आफ्नो सयौं टेस्ट खेलमा दोहोरो शतक हिर्काउने कीर्तिमान बनाएका वार्नरले १५५ बलमा १६ चौका र २ छक्का हिर्काए। वार्नरसँगै एलेक्स क्यारीले १११ रन, त्रविस हेडले ५१ रन र क्यानरन ग्रिनले पनि ५१ रन जोडे।
त्यसपछि दोस्रो इनिङ्ग्स ब्याटिङ गरेको दक्षिण अफ्रिका २०४ रनमै अलआउट भएपछि अस्ट्रेलिया सजिलै विजयी भयो।
दोस्रो इनिङ्ग्समा दक्षिण अफ्रिकाका लागि तेम्बा बभुमाले सबैभन्दा बढी ६५ रन जोडे।
बलिङमा अस्ट्रेलियाका नाथान लियोनले ३ विकेट लिए। पहिलो इनिङ्ग्समा पनि ३ विकेट लिएका लियोनले कुल ६ विकेट लिन सफल भए।