नेपाल टी-२० लिगमा जनकपुर रोयल्सले फार वेस्ट युनाइटेडमाथि ८ विकेटको जित हात पारेको छ।
बिहीबार कीर्तिपुर मैदानमा जनकपुरले फार वेस्टले दिएको १७० रनको लक्ष्य १० बल खेल्न बाँकी छदा २ विकेटको क्षतिमा पार गर्यो।
जनकपुरका लागि चाडविक वाल्टन र सन्दीप जोराले अर्धशतक प्रहार गरे। वाल्टनले ४० बलमा नटआउट ६९ रन र सन्दीपले नटआउट ७७ रन जोडे। वाल्टनले ४० बलमा २ चौका र ५ छक्का तथा सन्दीपले ५४ बलमा ३ चौका र ५ छक्का हिर्काए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको फार वेस्टले ६ विकेटको क्षतिमा १६९ रन जोड्यो।
उसका लागि करण केसीले १७ बलमा ३ चौका र ४ छक्काको मद्दतमा नटआउट ४६ रन बनाए। भीम सार्कीले नटआउट ३६ रन जोडे। बलिङमा जनकपुरका ललित राजवंशीले २ विकेट हात पारे।
जितसँगै जनकपुर ४ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। फार वेस्ट ४ खेलबाट २ अंक जोडेर पाँचौ स्थानमा छ।