नेपाल टी-२० लिगमा पोखरा एभेन्जर्सले पहिलो जित हात पारेको छ। यसअघि लगातार पाँच खेलमा पराजित पोखराले आफ्नो छैठौं खेलमा फार वेस्ट युनाइटेडलाई ३ विकेटले हरायो।
फार वेस्टले दिएको १८८ रनको लक्ष्य पोखराले ७ विकेटको क्षतिमा ५ बल खेल्न बाँकी छदा पार गर्यो।
पोखराका लागि आसिफ शेखले ३३ बलमा ४५ रन, सुमित महर्जनले २२ बलमा ३८ रन र कुशल मल्लले २२ बलमा ४० रन जोडेका थिए।
सिद्धान्त लोहनीले १० बलमा २३ रन जोड्दा पोखरालाई सहज भएको थियो।
बलिङमा फार वेस्टका करण केसी, उमर अली र प्रकाश जैशीले २-२ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको फार वेस्टले ९ विकेटको क्षतिमा १८७ रन जोड्यो। उसका लागि उमर अलीले ४२ रन, देव खनालले ३३ रन, रासिद खानले १५ बलमा ३२ रन जोडेका थिए।
बलिङमा पोखराका जाहिर खानले ३ विकेट लिए।
लिगमा पोखरा ६ खेलबाट २ अंक जोड्दै पाँचौ स्थानमा छ। पुछार/छैठौं स्थानको फार वेस्टको ५ खेलबाट २ अंक छ।