नेपाल टी-२० लिगमा लुम्बिनी अल स्टार्सले छैठौं जित हात पारेको छ। जितसँगै लुम्बिनी प्लेअफमा पुगेको छ।
आइतबार भएको खेलमा लुम्बिनीले विराटनगर सुपरकिंग्समाथि १२ रनको जित निकाल्यो।
१२३ रनको लक्ष्य पछ्याएको विराटनगर ३ बल खेल्न बाँकी छदा ११० रनमै अलआउट भयो।
१८.३ ओभरसम्म १०६ रन बनाउँदा ६ विकेट गुमाएको लुम्बिनीले त्यसपछिका ६ बलमा बाँकी चार विकेट गुमायो।
१८.४ ओभरमा विराटनगरका विवेक यादवलाई किशोर महतोले आउट गर्दा छैटौं बलमा नन्दन यादव आउट भए।
अन्तिम ओभरमा लुम्बिनीका स्याड्ली भान स्कावेकले पहिलो बलमा प्रदीप ऐरी र तेस्रो बलमा सूर्य तामाङलाई आउट गरे।
त्यसअघि विराटनगरका लागि अर्जुन साउदले ४१ रन जोडेका थिए। बलिङमा लुम्बिनीका स्याड्ली र तिलक भण्डारीले दुई दुई विकेट लिए।
पहिले ब्याटिङ गरेको लुम्बिनीले ९ विकेटको क्षतिमा १२२ रन जोड्यो। उसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ५० रन जोडे।
बलिङमा विराटनगरका नन्दन यादव, विवेक यादव र सूर्य तामाङले २-२ विकेट लिए।
लिगको अंक तालिकामा लुम्बिनी ७ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा छ। विराटनगर ६ खेलबाट चार अंक जोड्दै पाँचौ स्थानमा रहेको छ।