नेपाल टी-२० लिगमा लुम्बिनी अल स्टार्सले लगातार जित निकालेको छ।
यसअघि नै प्लेअफमा पुगो लुम्बिनीले बुधबार काठमाडौं नाइट्सलाई १०२ रन निकाल्दै आठौं खेलमा विजयी भयो।
जितसँगै लुम्बिनीको शीर्ष दुई स्थान पक्का भएको छ भने क्वालिफायरमा प्रवेश गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित १७ ओभरमा ६ विकेटको क्षतिमा १८३ रन जोड्यो।
उसका लागि हरमित सिंहले ३६ बलमा २ चौका र ८ छक्काको मद्दतमा ७० रन जोडे। लाहिरु मिलान्थाले २६ रन र गुल्शन झाले २१ रनको योगदान गरे।
बलिङमा काठमाडौंका अभिनास बोहराले ३ विकेट र बासिर अहमेदले २ विकेट हात पारे।
१८४ रनको लक्ष्य पछ्याएको काठमाडौं १५.४ ओभरमा ८१ रनमै अलआउट भयव।
उसका लागि बासिरले २२ रन जोड्दा कप्तान ज्ञानेन्द्र मल्ल र लोकेश बमले १५-१५ रन जोडे। कमलसिंह ऐरीले १६ रन बटुले।
बलिङमा लुम्बिनीका कुशल भुर्तेल, इशान पाण्डे र ह्यारी टेक्टरले २-२ विकेट लिए।
अंक तालिकामा ९ खेलबाट १६ अंक जोड्दै शीर्ष स्थानमा छ भने काठमाडौं ८ खेलबाट ८ अंक जोड्दै तेस्रो स्थानमा छ।