नेपाल टी-२० लिगमा विराटनगर सुपरकिंग्सले तेस्रो जित हात पारेको छ।
विराटनगरले बुधबार भएको खेलमा फार वेस्टलाई ६ विकेटले हरायो।
फार वेस्ट दिएको १५७ रनको लक्ष्य विराटनगरले ४ विकेटको क्षतिमा ३ बल खेल्न बाँकी छदा पार गर्यो।
विराटनगरका लागि पृथु बाँस्कोटाले नटआउट १७ रन जोडे भने कप्तान रोहित पौडेलले ६० रन र प्रदीप ऐरीले ४० रनको योगदान गरे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको फार वेस्टले ९ विकेटको क्षतिमा १५६ रन जोड्यो।
उसका लागि विनोद भण्डारीले ४५ रन र हश्मतुल्लाह शाहिदीले २७ रन जोडे।
बलिङमा विराटनगरका सहाब अलामले ३ विकेट लिँदा केइन जोशेफले २ विकेट लिए।
लिगमा विराटनगर ८ खेलबाट ६ अंक जोड्दै पाँचौ स्थानमा छ। पुछार/छैठौं स्थानको फार वेस्टको ७ खेलबाट २ अंक छ।