नेपाल टी-२० लिगमा फार वेस्ट युनाइटेडले फराकिलो जित हात पारेको छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा फार वेस्टले काठमाडौं नाइट्समाथि ८३ रनको जित हात पारेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको फार वेस्टले ४ विकेटको क्षतिमा १९७ रन जोड्यो।
उसका लागि कप्तान हश्मतुल्लाह शाहिदी र विनोद भण्डारीले शतकीय साझेदारीको ओपनिङ गरे।
शाहिदीले ५७ बलमा ५ चौका र ४ छक्काको मद्दतमा ७६ रन तथा विनोद भण्डारीले ४४ बलमा बलमा ६ चौका र ५ छक्काको मद्दतमा ७३ रन बनाए। उनीहरूबीच १६.३ ओभरमा १५७ रनको साझेदारी भएको थियो।
बलिङमा काठमाडौंका बासिर अहमेदले ३ विकेट लिए।
१९८ रनको लक्ष्य पछ्याएको काठमाडौंले ९ विकेटको क्षतिमा ११४ रन मात्र जोड्यो। उसका लागि कमलसिंह ऐरीले सबैभन्दा बढी २० रन जोडे।
बलिङमा फार वेस्टले करण केसी, दुर्गेश गुप्ता र शाहिदीले २-२ विकेट लिए। अंक तालिकामा फार वेस्ट ८ खेलबाट ४ अंकसहित छैठौं/पुछारमा छ। काठमाडौं ८ अंकसहित तेस्रो स्थानमा छ।