काठमाडौं जिल्लाले महिला प्रधानमन्त्री कप टी-२० २०७९ अन्तर्गत बागमती प्रदेश छनोटको उपाधि जितेको छ। बागमतीले फाइनलमा ललितपुर जिल्लालाई १० विकेटले हरायो।
टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले ६ विकेटको क्षतिमा ९१ रन जोड्यो। ललितपुरका लागि यशु पाण्डेले १८ रन र रिङजिङ तामाङले २५ रन जोडे।
बलिङमा काठमाडौंकी कृष्मा गुरुङले २ विकेट लिइन्।
९२ रनको लक्ष्य काठमाडौंले १४.१ ओभरमा विकेट नगुमाइ पार गर्यो। काठमाडौंका लागि अस्मिता खरेलले नटआउट ३१ रन र कन्चन श्रेष्ठले नटआउट ५१ रन जोडे।
सुनसरीमा हुने प्रधानमन्त्री कपका लागि छनोट प्रतियोगिता भएको हो।
अब बागमतीले छनोट प्रतियोगिताको आधारमा टिम घोषणा गर्नेछ।