नेपाल टी-२० लिगको उपाधिका लागि विराटनगर सुपरकिंग्स र लुम्बिनी अल स्टार्सबीच भिडन्त हुने भएको छ।
मंगलबार भएको दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई ३९ रनले पराजित गर्दै विराटनगरले बुधबार लुम्बिनीसँग उपाधि भिडन्त पक्का गरेको हो।
मंगलबार कीर्तिपुर मैदानमा विराटनगरले दिएको १६८ रनको लक्ष्य पछ्याएको जनकपुर १९.१ ओभरमा १२८ रनमै अलआउट भयो।
जनकपुरका लागि चाडविक वाल्टनले ५१ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। उनले ४७ बलमा ६ चौका हिर्काए।
कप्तान ट्रेभन ग्रिफिप्तले ३४ रन जोडे भने खडक बोहराले १४ रन जोडे। अरु ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।
बलिङमा विराटनगरका किन जोसेफले ३ विकेट लिए भने राज नन्नन र नन्दन यादवले २-२ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले ६ विकेटको क्षतिमा १६७ रन जोड्यो। उसका लागि ओपनरद्वय गौराशुं शर्माले ४२ रन र अर्जुन साउदले ३५ रन जोडे।
हुसेन तलातले ३१ रन रन जोड्दा राज नन्ननले ३३ रन बनाए।
बलिङमा जनकपुरका जितेन्द्र मुखियाले २ विकेट लिए।