इटहरीमा जारी प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश एक सेमिफाइनलमा पुगेको छ।
समूह ‘बी’ मा लगातार तीन खेलमा जित निकालेर प्रदेश एक अन्तिम चारमा पुगेको हो।
लगातार तेस्रो जित निकाल्ने क्रममा प्रदेश एकले मंगलबार कर्णालीलाई १० विकेटले हरायो।
पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर ३९ रन मात्र जोड्न सक्यो।
कर्णालीका लागि रमा बुढाथोकी १८ रन जोड्दा अन्य ब्याटर दोहोरो रन जोड्न नपाउँदै आउट भए।
४० रनको लक्ष्य प्रदेश एकले ४.४ ओभरमा विकेट नगुमाइ पार गर्यो। उसका लागि काजल श्रेष्ठले नटआउट १३ रन र कप्तान रुबिना क्षेत्रीले नटआउट २२ रन जोडे।
यसअघि समूह ‘ए’ बाट एपिएफ र सुदूरपश्चिम दुई दुई जितका साथ अन्तिम खेलअघि नै अन्तिम चारमा पुगेका थिए।