भारतका ओपनर शुभमन गिलले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा दोहोरो शतक प्रहार गर्दै कीर्तिमान बनाएका छन्।
उनले बुधवार हैदरावादमा न्यूजिल्याण्डविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा सानदार दोहोरो शतक प्रहार गर्दै कीर्तिमान बनाएका हुन्।
पुरुष एकदिवसीय खेलमा दोहोरो शतक हिर्काउने आठ खेलाडीमध्ये गिल दोहोरो शतक हिर्काउने सबैभन्दा कान्छो खेलाडी समेत बने।
२३ वर्षीय युवा ओपनर गिलले अन्तिम ओभरमा आउट हुनुअघि १४९ बलमा २०८ रन बनाए। उनले १९ चौका र ९ छक्का प्रहार गर्दै भारतलाई ३४९/८ को स्थितिमा पुर्याए।
खेलमा भारतको दोस्रो सर्वाधिक स्कोर ३४ थियो, जुन कप्तान रोहित शर्माले बनाए।
भारतका लागि कप्तान रोहित शर्माले २०१४ मा श्रीलंका विरुद्ध २६४ रन बनाएर पुरुष एकदिवसीयमा उच्चतम व्यक्तिगत स्कोरको रेकर्ड कायम राखेका थिए। शर्मा एक मात्र खेलाडी हुन्, जसले एकदिवसीय खेलमा एक भन्दा बढी पटक दोहोरो शतक पूरा गरेका छन्। उनले तीन पटक दोहोरो शतक प्रहार गरेका छन्।
पुरुष एकदिवसीय व्यक्तिगत उच्च स्कोर
रोहित शर्मा, २६४ रन – श्रीलंका विरुद्ध, २०१४
मार्टिन गुप्टिल, २३७* रन - वेस्ट इन्डिज विरुद्ध, २०१५
वीरेन्द्र सहवाग, २१९ रन - वेस्ट इन्डिज विरुद्ध, २०११
क्रिस गेल, २१५ रन – जिम्बाब्वे विरुद्ध, २०१५
फखर जमान, २१०* रन - विरुद्ध जिम्बाब्वे, २०१८
इशान किशन,२१० रन – बंगलादेश विरुद्ध, २०२२
रोहित शर्मा, २०९ रन – अष्ट्रेलिया विरुद्ध, २०१३
रोहित शर्मा, २०८* रन – श्रीलंका विरुद्ध, २०१७
शुभमन गिल, २०८ रन - न्यूजिल्याण्ड विरुद्ध, २०२३
सचिन तेन्दुलकर, २००* रन - दक्षिण अफ्रिका विरुद्ध, २०१०