आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले प्रारम्भिक टिम घोषणा गरेको छ।
बन्द प्रशिक्षकका लागि क्यानले २८ जनालाई बोलाएको छ। शरद भेषावकर फर्किएका छन् भने सूर्य तामाङ, मौसम ढकाल र अंकित सुवेदीले पहिलो पटक स्थान बनाएका छन्।
बलात्कारको अभियोग लागेका सन्दीप लामिछानेलाई बन्द प्रशिक्षणमा बोलाउने चर्चा चले पनि उनी टिममा छैनन्। लामिछानेलाई गत महिना उच्च अदालतले धरौटीमा रिहा गरेको थियो। उनी अभियोगमुक्त भने भइसकेका छैनन्।
नेपाली टिम प्रशिक्षकबिहिन छ। सिरिजअघि नेपालले प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको थियो।
केही दिनअघि भारतका मोन्टी देसाई प्रशिक्षक नियुक्त भएको सार्वजनिक भएको थियो। तर क्यानले निर्णय बोर्डमार्फत राखेपमा स्वीकृतीका जाने भन्दै स्पष्टीकरण दिन परेको थियो।
नेपालको प्रारम्भिक टिम
कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्शन झा, करण केसी, सोमपाल कामी, शरद भेषवाकर, ललित राजवंशी, विनोद भण्डारी, सागर ढकाल, सन्दीप जोरा, किशोर महतो, कमलसिंह ऐरी, सिद्धान्त लोहनी, अर्जुन साउद, अभिनास बोहरा, सूर्य तामाङ, विवेक यादव, भीम सार्की, कुलश मल्ल, मौसम ढकाल, अनिल साह, विक्रम शोव, भुवन कर्की, अंकित सुवेदी
कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिज फागुन २ मा सुरू भएर फागुन ९ मा सकिनेछ। लिग-२ को ९ वटा सिरिज मध्ये नेपालले आफ्नो सातौं सिरिज खेल्न लागेको हो। यस्तै नेपालले लिग-२ मा आफ्नो दोस्रो सिरिज घरेलु मैदानमा खेल्न लागेको हो।
यो सिरिजपछि नेपालले पपुवा न्युगिनी र युएईविरुद्धको सिरिज घरेलु मैदानमा खेल्नेछ भने यी दुवै टिमविरुद्धको अन्तिम सिरिज पपुवा न्युगिनीमा खेल्नेछ। दुवै सिरिजको मिति पक्का भइसकेको छैन।
९ सिरिजमा ४-४ खेल गरी कुल ३६ खेल खेल्ने नेपालले अहिलेसम्म ६ सिरिजका २४ खेल खेलिसकेको छ।
लिग-२ मा सहभागी ७ टिममध्ये नेपाल छैटौं स्थानमा छ। शीर्ष तीन भित्र परे एकदिवसीय विश्वकप छनोटमा पुगिनेछ भने शीर्ष तीन भित्र पर्न नसके प्लेअफ खेल्नुपर्नेछ।
लिगमा ३२ खेल खेलेको स्कटल्यान्ड ४६ अंकसहित शीर्ष स्थानमा छ। आफ्ना सबै ३६ खेल खेलेर ४४ अंक जोडेको ओमान दोस्रो स्थानमा रहदा नामिबिया ३० खेलबाट ३७ अंक जोड्दै तेस्रो स्थानमा छ।
सबै ३६ खेल खेलिसकेको अमेरिका ३५ अंकसहित चौथो स्थानमा छ। पाँचौ स्थानको युएईको २६ खेलबाट २७ अंक छ। नेपाल २४ खेलबाट १८ अंक जोडेर छैटौं स्थानमा छ। अन्तिम स्थानको पपुवा न्युगिनीको २८ खेलबाट ५ अंक छ।
नेपाल-नामिबिया-स्कटल्यान्ड त्रिकोणात्मक सिरिज : कीर्तिपुर
नेपाल भर्सेस नामिबिया – फागुन २
स्कटल्यान्ड भर्सेस नामिबिया – फागुन ३
नेपाल भर्सेस स्कटल्यान्ड – फागुन ५
नेपाल भर्सेस नामिबिया – फागुन ६
नामिबिया भर्सेस स्कटल्यान्ड – फागुन ८
नेपाल भर्सेस स्कटल्यान्ड – फागुन ९