नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेटरको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ।
क्यानको मंगलबार पोखरामा सम्पन्न बोर्ड बैठकले सन् २०२३ को जनवरीदेखि जुनसम्म ६ महिनाको लागि १८ जना पुरुष खेलाडी र १२ जना महिला खेलाडीलाई केन्द्रीय करारमा राख्ने निर्णय गरेको हो।
गत वर्ष महिलामा १८ खेलाडीलाई समावेश गरिएकोमा यस पटक भने १२ खेलाडी मात्र केन्द्रीय करारमा समावेश भएका हुन्।
पुरुषतर्फ 'ए' ग्रेडमा रहेका क्रिकेटरले मासिक ६० हजार, 'बी' मा रहेका क्रिकेटरले मासिक ५० हजार र 'सी' मा रहेका क्रिकेटरले मासिक ४० हजार रुपैयाँ पाउँदै आएका छन्।
महिलातर्फ 'ए' ग्रेडमा रहेका क्रिकेटरले मासिक २१ हजार, 'बी' का क्रिकेटरले मासिक १८ हजार र 'सी' का क्रिकेटरले मासिक १५ हजार रुपैयाँ पाउँछन्।
यस्तो छ वर्गीकरण
पुरुष
- ग्रेड ए – १) रोहित पौडेल २) सोमपाल कामी ३) करण केसी, ४) दीपेन्द्रसिंह ऐरी ५) आशिफ शेख
- ग्रेड बी - १)आरिफ शेख, २) कुशल भुर्तेल, ३) ज्ञानेन्द्र मल्ल
- ग्रेड सी – १) कमल सिंह ऐरी, २) विनोद भण्डारी, ३) गुल्शनकुमार झा, ४) अर्जुन साउद, ५) अविनाश बोहरा, ६)ललितनारायण राजवंशी, ७) कुशल मल्ल, ८) देव खनाल ९) सागर ढकाल, १०) विवेक यादव
महिला
- ग्रेड ए - १). रुविना क्षत्री, २) सीता राना मगर, ३) इन्दु बर्मा
- ग्रेड बी - १) काजोल श्रेष्ठ, २) कविता कुँवर, ३) अस्मिना कर्माचार्य
- ग्रेड सी - १) कविता जोशी, २) विन्दु रावल, ३) सङ्गीता राई, ४) ममता चौधरी ५) ज्योति पाण्डे ६) अप्सरी बेगम