पाकिस्तानी क्रिकेटर मोहमद रिजवानले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई भेटेका छन्।
आइतबार नेपाल आएका विकेटकिपर ब्याट्सम्यान रिजवानले सोमबार विहान नेपाली राष्ट्रिय टिमका खेलाडीलाई भेटेका हुन्।
आइतबार साँझ नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्दलाई भेटेपछि रिजवान सोमबार नेपाली क्रिकेटरलाई भेट्न गएका थिए।
रिजवानले बलात्कारको आरोपकाबीच नेपाली टिममा फर्किएका लेग स्पिनर सन्दीप लामिछानेसँग पनि कुराकानी गरिएको बुझिएको छ।
टी-२० ब्याट्सम्यानको विश्व वरीयतामा दोस्रो नम्बरमा रहेका रिजवानले यसअघि आइतबार आफ्ना शुभचिन्तकलाई भेटेका थिए। रिजवान सोमबार नै फर्किएका छन्।