पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले आसिफ अफ्रिदीलाई ‘एन्टी करप्सन कोड’ उल्लंघन गरेको आरोपमा दुई वर्षको प्रतिबन्ध लगाइएको छ।
बायाँ हाते स्पिनरलाई अस्थायी रूपमा निलम्बित भएको मितिदेखि प्रतिबन्ध लागू हुनेछ। उनी गत सेप्टेम्बरमा निलम्बित भएका थिए।
पाकिस्तान कपका दौरान उनले नियम उल्लंघन गरेका ठहर गरिएको छ। ३६ वर्षीय अफ्रिदीले पाकिस्तान कपमा उपविजेता बनेको पख्तुनख्वाका लागि खेलेका थिए।
उनलाई ‘एन्टी करप्सन कोड’ को धारा २.४.१० अन्तर्गत कारबाही गरिएको हो। जसमा ‘प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै पनि सहभागीलाई यस धारा २.४ को कुनै पनि नियम उल्लंघन गर्न अनुरोध गर्ने, प्रलोभन गर्ने, प्रलोभनमा पार्ने, मनाउने, प्रोत्साहन गर्ने वा जानाजानी सहजीकरण गर्ने’ उल्लेख छ।
उनले गरेको अपराधको वास्तविक प्रकृति भने सार्वजनिक गरिएको छैन।
उनलाई आजीवन प्रतिबन्ध लगाउन सकिने भए पनि पीसीबीले उनको अपराधको स्वीकार, पश्चातापको स्तर र विगतको ट्र्याक रेकर्डलाई ध्यानमा राखेको थियो।
‘दुई वर्षको लागि प्रतिबन्ध गर्दा कुनै खुसी छैन, तर हामीसँग त्यस्ता अपराधहरूप्रति शून्य सहनशीलता दृष्टिकोण छ,’ पिसिबी अध्यक्ष नजम सेठीले भने, ‘सबै क्रिकेटरहरूलाई बलियो सन्देश पठाउन आवश्यक छ।’
अफ्रिदीले पाकिस्तानका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन्, तर उनलाई गत वर्ष अष्ट्रेलियाको पाकिस्तान भ्रमणका लागि पाकिस्तानको टी-२० र एकदिवसीय टिममा राखिएको थियो। उनले पीएसएलमा मुल्तान सुल्तान्सबाट पनि खेलिसकेका छन्।