आईसीसी महिला टी-२० विश्वकपको उद्घाटन खेलमा श्रीलंकाले घरेलु टोली दक्षिण अफ्रिकामाथि ३ रनको रोमाञ्चक जित निकालेको छ।
दक्षिण अफ्रिकालाई अन्तिम ओभरमा जितका लागि १३ रन आवश्यक थियो। तर सुगान्दिका कुमारीले उत्कृष्ट प्रदर्शन गर्दै श्रीलंकालाई जित दिलाइन्।
केप टाउनमा श्रीलंकाले दिएको १ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले ९ विकेटको क्षतिमा १ सय २६ रन मात्र बनाउन सक्यो।
घरेलु टोलीका लागि कप्तान सुन लुसले २८, लाउरा वुल्भार्डटले १८, सिनालो जाफ्ताले १५ रन बनाए। यस्तै ताज्मिन ब्रिट्स १२, मारिजन ११ रन बनाए पनि टोलीलाई जीतसम्म डोर्याउन सकेनन्। दक्षिण अफ्रिकालाई रोक्न श्रीलंकाकी इनोका रनविराले ३ तथा सुगन्धिका कुमारी र ओसादी रानासिंघेले २–२ विकेट लिए।
सअघि कप्तान चमारी कथापथ्थुको ६८ रनको मद्दतले श्रीलंकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय २९ रन बनाएको थियो।
ओपनर हर्सिता समरा विक्रमा ८ रनमा आउट भए पनि दोस्रो विकेटका लागि कप्तान चारमी अथापट्टु र भिस्मी गुणारत्नेले ८६ रनको साझेदारी गरे। भिस्मीले ३५ रन जोडिन्।
सावनिम स्माइल, मारिजन क्याप र नदिन डि क्लेर्कले १ - १ विकेट लिए।
श्रीलंकाको महिला टिमले गत अक्टोबरपछि पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेलेको हो। समूह ए मा श्रीलङ्का र दक्षिण अफ्रिकासँगै अस्ट्रेलिया, बंगलादेश र न्युजिल्याण्ड रहेका छन् ।